PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​म्याग्दीमा बिद्यालय निर्माणका लागि गोर्खा वेलफेयर परियोजनाको दुई करोड सहयोग



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) : म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणका लागि एक संस्थाले करिब रु दुई करोड सहयोग गरेको छ। 

गोर्खा वयलफेयर परियोजनाले तीन वटा विद्यालयको नयाँ भवन निर्माण र चार वटा विद्यालयको भवन मर्मतका लागि रु एक करोड ८६ लाख सहयोग गरेको हो। 

मुदीको वुद्धिविकास माविलाई रु एक करोड, ओखरबोटको सिद्धार्थ आधारभूत विद्यालयलाई रु ७५ लाख ९३ हजार र देवीस्थानको भिम माविलाई रु १५ लाख सहयोग गरिएको परियोजनाले जनाएको छ। 

परियोजनाको सहयोगमा वुद्धि विकास र सिद्धार्थमा ६÷६ कोठे पक्की तथा भिम माविमा तीन कोठे एक तले कक्षा कोठा भवन निर्माण सुरु भएको परियोजना बेनीका प्रमुख खेम गुरुङले बताए। 

यसै वर्ष निर्माण सम्पन्न हुने गरी काम अघि बढाइएको तीन वटै भवन भूकम्प प्रतिरोधात्मक क्षमताको बाल तथा अपाङ्गमैत्री हुनेछन्। यसैगरी सो संस्थाले भूकम्पबाट क्षति पुगेको भवन मर्मतका लागि पाउद्वार माविलाई रु तीन लाख र सारदा आधारभूत विद्यालय अर्मनलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ। 

राम्चेको काफलडाँडा आधारभूत विद्यालयले भवन मर्मतका लागि रु तीन लाख र झिँको महेन्द्र माविमा फर्निचर व्यवस्थापनका लागि रु दुई लाख अनुदान पाएको छ। 

यस्तै गोर्खा वेयलफेयरले यस वर्ष शिख–२ किन्दुस्थित दरखोलामा ससपेन्सन पुल निर्माण गर्ने भएको छ। ७७ मिटर लामो पुल निर्माण गर्न वेयलफेयरले रु ४७ लाख ४४ हजार ७५६ बजेट स्वीकृत गरेको क्षेत्रीय प्रमुख गुरुङले बताए। 

नयाँ भवन र पुल निर्माण तथा मर्मतका योजना आगामी बर्खाअघिनै सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ। 

वयलफेयर र कादुरी परियोजनाले बेलायती गोर्खा सैनिकको बसोबास रहेको म्याग्दीका विभिन्न गाउँमा लघुजलविद्युत् परियोजना, विद्यालय भवन, खानेपानी आयोजना र झोलुङ्गे पुल निर्माणमा सहयोग गर्दै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell