PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​चेल्सीलाई ८ अंकको अग्रता, सान्चेजले आर्सनललाई जिताए, लेस्टरको ११ औं हार



पहिलोपोस्ट

​चेल्सीलाई ८ अंकको अग्रता, सान्चेजले आर्सनललाई जिताए, लेस्टरको ११ औं हार

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको चेल्सीले हल सिटीलाई पराजित गर्दै दोस्रो स्थानको आर्सनलमाथि ८ अंकको अग्रता बनाएको छ। त्यसअघि एलेक्सिस सानचेजले इन्जुरी टाइममा गरेको पेनाल्टी गोलको मद्दतमा आर्सनलले बर्नलेलाई पराजित गर्दै ३ अंक जोडेको थियो।

यता साविक विजेता लेस्टर सिटीले यस सिजन खराब प्रदर्शनलाई निरन्ता दिँदा ११ औं हार बेहोरेको छ।

चेल्सीले घरेलु मैदानमै भएको खेलमा हल सिटीलाई २-० ले हरायो। चेल्सीको जितमा पहिलो हाफको अन्त्यतिर डिएगो कोस्टा र दोस्रो हाफमा ग्यारी काहिलले गोल गरे। जितपछि चेल्सीले २२ खेलबाट ५५ अंक जोडेको छ। जुन दोस्रो स्थानको आर्सनल भन्दा ८ अंकले बढी हो। 

करिब आधा घण्टा समय दश खेलाडीमा रहेर खेलेको आर्सनलले सान्चेजको अन्तिम समयको गोलमद्दतमा बर्नलेलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ। ५९ औं मिनेटमा स्कोडान मुस्तफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए थिए। ६५ औं मिनेटमा ग्रान्ट जाकाले सिधै रातो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा झर्यो।

एक खेलाडी कम हुनाका बावजुत पनि आर्सनलले निर्धारित समयमा अग्रता कायम राखेको थियो। तर थप गरिएको ९ मिनेटको इन्जुरीटाइमको तेस्रो मिनेटमा बर्नलेका आन्द्रे ग्रे ले पेनाल्टी मार्फत गोल गर्दै बराबरी गरे। आर्सनलले पनि इन्जुरी टाइमको आठौं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गर्यो र साच्नेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई जित दिलाए। जितपछि आर्सनलले २२ खेलबाट ४७ अंक जोडेको छ।

यता साविक विजेता लेस्टर सिटी साउथह्याम्पटनसँग ३-० ले पराजित भयो। साउथह्याम्पटनको जितमा जेम्स वार्ड पोवस, जे रोड्रिग्वेज र डुसान टाडिकले गोल गरे। यस सिजन लेस्टरको यो ११ औं हार हो। २२ खेलबाट २१ अंक मात्र जोडेको लेस्टर १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell