PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ला लिगा : रियल मड्रिडलाई पछ्याउँदै सेभिया र बार्सिलोना, एथ्लेटिको मड्रिड विल्वाओसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडलाई पछ्याउँदै सेभिया र बार्सिलोना, एथ्लेटिको मड्रिड विल्वाओसँग बराबरीमा रोकियो

सेभिया र बार्सिलोनाले आइतबार ला लिगामा जित हात पार्दै शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब बढाएको छ। प्रतिस्पर्धात्मक खेलमा सेभियाले ओसासुनालाई ४-३ ले हरायो।

यता बार्सिलोनाले आइबरलाई उसैको मैदानमा ४-० ले पराजित गर्यो। डेनिस सुवारेजले पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा एमएसएन अर्थात लियोनल मेसी, लुइस सुवारेज र नेमारले एक एक गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए।

यस्तै सेभियालाई जिताउन भिसेन्ट आएबोराले २ तथा लुकास भज्क्वेज र पाब्लो सारावियाले १/१ गोल गरे। ओसासुनाका सर्जि लिओन र केडान कोडोले १/१ गोल गरे भने सेभियाका आएबोराले आत्मघाती गोल उपहार दिए। 

जितपछि सेभियाले १९ खेलबाट ४२ अंक जोडेको छ भने समान खेलबाट बार्सिलोनाको ४१ अंक छ। एक खेल कम खेलेको रियलको ४३ अंक छ। 

ला लिगाकै अन्य खेलमा एथ्लेटिको मड्रिड एथ्लेटिक विल्वाओसँग २-२ गोलको बराबरीमा रोकिएको छ। 

एथ्लेटिकोका लागि कोके र एन्टोनी ग्रिजमनले गोल गरे भने विल्वाओका इनिगो लेकु र ओस्कार डे मार्कोसले गोल गरे।

अन्य खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १-० ले हराउँदा रियल बेटिस र स्पोर्टिङ गिहोनले गोलरहित बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell