PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अफ्रिकन कप : आयोजक गावोन समूह चरणबाटै बाहिरियो, बुरकिनाफासो र क्यामरुन क्वाटरफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप : आयोजक गावोन समूह चरणबाटै बाहिरियो, बुरकिनाफासो र क्यामरुन क्वाटरफाइनलमा

पिएरे एमरिक औवामेयाङको टीम गावोन अफ्रिकन कप अफ नेसन्स अफकनको समूह चरणबाटै बाहिरएको छ। घरेलु भूमिमा भइरहेको प्रतियोगितामा समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको गावोन क्वाटरफाइनल पुग्न असफल भएको छ। 

अघिल्लो दुई बराबरीमा औवामेयाङले गोल गरेपनि क्यामरुन विरुद्धको खेलमा भने उनले गोल गर्न सकेनन्।

अन्तिम खेलमा गावोनलाई गोलरहित बराबरीमा रोक्दै क्यामरुन समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्यो भने बुरकिनाफासो समूहको विजेता बन्यो। 

बुरकिनाफासो रक्यामरुनले समूह चरणमा एक जित र दुई बराबरीको नतिजा निकालेपनि गोल अन्तरमा बुरकिनाफासो समूह विजेता बनेको हो।
अन्तिम खेलमा बुरकिनाफासोले गुएना बिसाउलाई २-० ले हरायो। उसका लागि बेट्रान टाओरले एक गोल गरे भने रुडिनिलसन शिल्भाले आत्मघाती गोल गरे।

यसअघि नै सेनेगल र घाना कफ्रिकन कपको अन्तिम आठमा प्रवेश गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell