PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु



पहिलोपोस्ट

राजविराज : पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवानले चलाएको को२६प ३००१ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोमा राजमार्गमा दुर्घटनामा परेको थियो। 

दुर्घटनाबाट गम्भीर घाइते प्रहरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell