PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

​गौशालामा बीच सडकमै यसरी फस्यो ट्रक : हेर्नुस् फोटो



सविन ढकाल

​गौशालामा बीच सडकमै यसरी फस्यो ट्रक : हेर्नुस् फोटो

काठमाडौं : बिहान करिव १० बजे।

राजधानीको व्यस्तमध्येको एक चोक –गौशाला।

ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मेहम्मे परेको थियो। कारण थियो ‘बीच सडकमै फसेको मालबाहक ट्रक’

मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप बिच्छ्याउने क्रममा खानेको खाल्डोमा सोमवार बिहानदेखि ट्रक फसेको थियो । सडकको बीच भागको खाल्डोसँगै पानी जमेका कारण ट्रक फसेको हाे।

ट्रक फसेपछि कार्यालय समयमा सर्वसाधरणलाई गन्तव्यमा पुग्न समस्या परेको थियो। ट्राफिकलाई सवारी व्यवस्थापनमा समेत समस्या परेको थियो। केही समयदेखि मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका बिभिन्न भाग पाइप बिच्छ्याउने क्रम जारी राखेको छ ।

समयमै काम सम्पन्न नभएका कारण राजधानीको सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन्।  












 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell