PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

इटालियन सिरी ए : युभेन्ट्सको जितमा हिग्वेन र डाएबलाको गोल, रोमा दोस्रो स्थानमा



पहिलोपोस्ट

इटालियन सिरी ए : युभेन्ट्सको जितमा हिग्वेन र डाएबलाको गोल, रोमा दोस्रो स्थानमा

लिग लिडर युभेन्ट्सले इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा लाजियोलाई २-० ले पराजित गरेको छ। 'ओल्ड लेडी' टीमको जितमा अर्जेन्टाइन खेलाडीद्वय गोन्जालो हिगवेन र पाउलो डाएबलाले गोल गरे।

जितसँगै युभेन्ट्स शीर्ष स्थानमा कायमै रहन सफल भएको छ। युभेन्ट्स २० खेलबाट ४८ अंक छ।

युभेन्ट्सलाई पछ्याइरहेको रोमा काग्लीयरीलाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ। रोमालाई ३ अंक दिलाउन एडेन जेकोले निर्णायक गोल गरे। काग्लीयरीका जाओ गाल्भाले खेलको अन्त्यतिर रातो कार्डको सामना गरेका थिए। 

जितपछि रोमाको २१ खेलबाट ४७ अंक भएको छ। समान खेलबाट ४४ अंक जोडेको नेपोली तेस्रो स्थानमा झरेको छ भने युभेन्ट्ससँग हारेको लाजियो चौथो स्थानमा यथावत छ।

यता जाओ मारिओको निर्णायक गोलको मद्दतमा पालेर्मोलाई १-० ले पराजित गर्दै इन्टर मिलान पाँचौं स्थानमा उक्लेको छ। एटलान्टा साम्पडोरियालाई १-० ले नै पराजित गर्दै छैटौं स्थानमा उक्लेको छ। एटलान्टाको जितमा एलेजान्द्रो गोमेजले पेनाल्टीमार्फत निर्णायक गोल गरे।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell