PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​बलिउडका ८ अभिनेता जसले लिड गरे एक्शन जानरा



पहिलोपोस्ट

​बलिउडका ८ अभिनेता जसले लिड गरे एक्शन जानरा

बलिउडको सुरुवाती दिनमा एक्शन फिल्म त्यति धेरै बन्दैनथे र जति बन्थे तिनलाई दर्शकले त्यति धेरै रुचाउँदैनथे। एक्शन फिल्मलाई प्राय 'सी ग्रेड'का फिल्मका रूपमा लिइन्थ्यो। सत्तरीको दशकमा एक्सन फिल्मले अरु जानराको फिल्मलाई पछार्‍यो। पछिल्लो तीस बर्षसम्म करिब ९० प्रतिशत फिल्म एक्शनकै वरिपरि घुमिरहे। निर्माता–निर्देशकहरूले फिल्ममा कथावस्तु बिनानै फाइटहरू समावेश गर्न थाले।

अहिलेका फिल्महरूको विषयवस्तुमा विविधता आएको छ। एक्शन फिल्म गर्ने लहर कम भए पनि यसको दवदवा भने रहेकै देखिन्छ। अब एक्शन फिल्मलाई राम्रो कथासित जोडेर प्रस्तुत गर्ने गरिएको पाइन्छ। जसले एक्शनलाई 'जष्टिफाइ'समेत गर्ने गर्दछ। यहाँ वेबदुनियाँले चर्चा गरेको बलिउडका मुख्य ८ एक्शन हिरो जसले बलिउड एक्शन जानरा लिड गरे।

अजय देवगन

सन् १९९१ मा 'फूल और काँटे'बाट जब अजय देवगनले आफ्नो करियर सुरु गरे त्यस बेला एक्सन फिल्मको बोलबाला थियो।

अजयले पनि एक्सन फिल्म खेल्नुकै भलाइ ठानेर त्यतै लागे। प्रमुख एक्सन फिल्म ‘फूल और काँटे’, ‘जिगर’, ‘विजयपथ’, ‘सुहाग’, ‘तक्षक’, ‘कम्पनी’, ‘वंश’, ‘अपन ए टाइम इन मुम्बई’, ‘सिङ्घम’, ‘सिङ्घम रिटन्र्स’, ‘शिवाय’ आदी उनका चर्चित फिल्म हुन्।

एक्शन फिल्म ती कलाकारलाई धेरै काम लाग्छ जसको अभिनय त्यति स्तरीय हुँदैन। र अजयको हकमा सो नियम लागू भएको वेबदुनियाँले जनाएको छ।

अक्षय कुमार

अक्षय कुमारलाई पनि एक्शन फिल्ममकै सहायतामा खराब अभिनय लुकाएको आरोप वेब दुनियाँको रहेको छ। 
एक्शनमा दर्शक कमाएपछि उनले कमेड जानरामा पनि स्थापित हुने कोसिस गरे।
सुरुवाती दिनमा अक्षयको प्रस्तुती जस्तो रहेपनि आजको समयमा उनको फिल्म बलिउडमा रुचाइन्छ। प्राय एक्शन फिल्‍मले नै बक्सअफिस हिट गर्ने गरेको छ।


अमिताभ बच्चन

अमिताभ बच्चनलाई पनि दर्शकले एक्शन फिल्ममा रुचाए। अग्लो कद र दमदार स्वरका कारण भिलियनसँगको फाइटमा अमिताभ देख्न चाहने दर्शकको जमात थियो।

रगताम्य हुने गरी अमिताभले झगडा गरेको दृश्य दर्शकले रुचाउन थाले पछि निर्माताहरुले एक्शन फिल्ममा बढी जोड दिन थाले। डन उनको चर्चित एक्शन फिल्म हो।


मिथुन चक्रवती

अर्का दमदार एक्शन हिरोको पहिचान बनाएका छन् अभिनेता मिथुन चक्रवतीले। गरिबहरुको अमिताभको रुपमा परिचित चक्रवतीको फिल्महरुको नाममै एक्शन झल्कन्थ्यो। गुण्डा, जल्लाद, चण्डाल, अंगारा आदी उनको हिट एक्शन फिल्मको उदाहरण हुन्।

साँचो जीवनमा कराते च्याम्पियन रहेका मिथुनको भिलियनसँग लड्ने आफ्नै शैली रह्यो। 


सलमान खान

लभ स्टोरीदेखि सामाजिक विषयवस्तुमा बनेको फिल्ममा पनि उत्तिकै जमेका अभिनेता सलमान खान एक्शन फिल्ममा पनि पछी परेनन्। करण अर्जुन, जीत, बागी, औजार जस्ता फिल्ममा उनको एक्शनको निकै तारिफ भयो।

केहि समय अघि रोमन्टिक वा वन्य जानराको फिल्ममा मात्र सलमान सक्रिय रहँदा धेरैले सलमानको राम्रो फिल्म आउन छोडेको टिप्पणी गरे। तर पुन: एक्शन जानराको दबंग, एक था टाइगर, बडिगार्ड जस्ता फिल्मले उनलाई लाईटमा ल्यायो। 

संजय दत्त

संजय दत्तलाई एक्शन फिल्ममा रुचाउने धेरै छन्। उनको शारीरिक हाउभाउलाई अन्य दृश्यमा भन्दा बढी एक्शनमा राम्रो देखिने टिप्पणी वेब दुनियाँले गरेको छ।

हातमा पेस्तोल वा दौडभागको सिन संजयले मिहिनेतका साथ निभाएको प्रष्ट हुन्छ। लामो फिल्मी यात्रामा संजयले एक्शन जानराकै फिल्म धेरै गरेका छन्।


सनी देवल

सनी देवललाई एक्शन फिल्मको स्थापित अभिनेता मान्न सकिन्छ। उनले फिल्ममा गुण्डा कुट्दा दर्शकले थियटरको सिटलाई कुटेको खबर बलिउडमा निकै छाउँथ्यो। गदर फिल्ममा पाकिस्तानी फौजसँग लड्ने एक्लो पात्रको रुपमा दर्शकले आज पनि उनलाई चिन्छन्। उनको लुक्सका कारण पनि एक्शन फिल्ममा उनलाई अपेक्षा गर्ने उनका धेरै फ्यान छन्।

बिनोद खन्ना

पुराना तर एक्शनमा दमदार कहलिएका अभिनेता हुन् बिनोद खन्ना। हिरो र भिलियन दुबै भूमिका सशक्त रुपमा निर्वाह गर्न सक्ने अभिनेता थिए खन्ना।

अमिताभ बच्चनसँग फिल्मी टक्कर रहेको एक मात्र अभिनेताको रुपमा पनि बिनोद परिचित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell