PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सुनको भाउ २ सयले बढ्यो, तोलाको ५५ हजार ६ सयमा कारोबार, चाँदी तोलाको ८ सय कायम



पहिलोपोस्ट

 सुनको भाउ २ सयले बढ्यो, तोलाको ५५ हजार ६ सयमा कारोबार, चाँदी तोलाको ८ सय कायम

काठमाडौं : नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य फेरि बढेको छ । आइतबारको तुलनामा तोलामा दुई सय रुपैयाँले सुनको भाउ वृद्धि भएको हो।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ५५  हजार तीन सय रुपैयाँ पुगेको छ।चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन। आज पनि नेपाली बजारमा चाँदीको मूल्य आठ सय रुपैयाँनै कायम भएको छ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि हुँदा सुनको मुल्यमा गिरावट आएको थियो्। अहिले फेरि डलरको मूल्यमा आएको मन्दिसँगै सुनमा आकर्षण बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell