PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

फिल्म प्रचारका लागि ज्याकी च्याङ भारतमा



पहिलोपोस्ट

फिल्म प्रचारका लागि ज्याकी च्याङ भारतमा

ज्याकी च्याङ फिल्म 'कुङ फु योगा'को प्रदर्शन तयारीका लागि सोमबार भारत पुगेका छन्। सोनु सूधसँग स्क्रिन सियार गर्ने तयारीमा रहेका च्याङलाई आज फिल्म युनिटले भारतिय शैलीमा स्वागत गरेको हो।

पहिलो इन्डो-चाइनिज प्रोडक्शनमा बन्न लागेको फिल्म 'कोङफू योगा'को प्रचारका लागि मुम्बई पुगेका ज्याक्कीलाई फूल माला र अबिरको टिका सहित स्वागत भएको टाइम्स अफ इन्डियाले जनाएको छ।



ज्याक्कीलाई हेर्नका लागि इयरपोर्ट बाहिर हजारौं फ्यान देखिए। ६२ वर्षिय स्टारले नमस्ते गरेर फ्यान क्रेज सम्बोधन गरे। उनले आफ्नो को-स्टार सोनुसँगै केहि कोङफू पोज पनि दिएका थिए।

एक्शन कमेडी जानरामा बनेको फिल्ममा दिशा पतानी र अमिरा दस्तुरको पनि मुख्य भूमिका रहेको छ। तीन भाषाको प्रयोग गरिएको फिल्मको प्रदर्शन तीन देशबाट फरक फरक मितीमा तय गरिएको छ। फिल्म सिंगापूरको लागि जनवरी २६ मा, चिनको लागि जनवरी २८ मा र भारतको लागि फेब्रुअरी ३ मा सार्वजनिक हुँदैछ।

'कुङफू योगा'लाई स्तानली टोङले निर्देशन गरेका हुन्। फिल्ममा मुख्य, खलपात्र र सहपात्र सहित ३८ जनाको भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell