PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

आकस्मिक कोष विधेयक सदनमा प्रस्तुत



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका संसद्को आजको बैठकमा सङ्घीय आकस्मिक कोष विधेयक, २०७३ प्रस्तुत गरिएको छ।
 
अर्थमन्त्री कृष्णबहादुर महराको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले उक्त विधेयक प्रस्तुत गरेका थिए।
 
यसअघि उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उनले भूकम्प, आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप र दैवी विपत्तिका समयमा तत्काल खर्च गर्न आकस्मिक कोषसम्बन्धी व्यवस्था गर्ने विधेयकको उद्देश्य रहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell