PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बिजुली चोरीबारे थप अनुसन्धान गर्न प्रहरीले टेक्निकल टिम तयार पार्ने



सविन ढकाल

बिजुली चोरीबारे थप अनुसन्धान गर्न प्रहरीले टेक्निकल टिम तयार पार्ने

काठमाडौँ : व्यवसायीसित मिलेर मिटर तोडमोड गरी कम बिलिङ गरी विद्युत चोरी गरेको अभियोगमा आइतबार पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनाबारे थप अनुसन्धानको लागि प्रहरीले टेक्निकल टिम तयार गर्ने भएको छ।
 
लामो समयदेखि मिटर घुमाए ठगी गर्ने गरेको खुलेपछि अहिलेसम्म कति रकम बराबरकोे राजस्व चुहावट गरेको पत्ता लगाउन विद्युत प्राधिकरणको सहयोगमा टेक्निकल टिम तयारी गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा एसपी प्रकाशजंग कार्कीले बताए।

'अनुसन्धान भइरहेको छ। टेक्निकल विषय भएकाले अहिलेसम्म उल्टो मिटर घुमाएर कति कम बिलिङ गरिएको छ, त्यो खोजिरहेका छौँ', उनले भने।
 
आइतबार पक्राउ परेका १२ जना सरकारी कर्मचारी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि मुद्दा चलाउने विषयमा सरकारी वकिलसँग छलफल भइरहेको एसपी कार्कीले जानकारी दिए।

आइतबार प्रहरीले १२ जना प्राधिकरणका कर्मचारी र ४ जना व्यवसायीलाई पक्राउ गरेको थियो। प्रहरीको अनुसन्धानमा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले प्रमाण खोजी गरी पक्राउ गर्ने कार्यमा समेत लागेको उनले बताए।
 
पक्राउ परेका मनिज श्रेष्ठ नेपाली कांग्रेसलाई समर्थन गर्ने कर्मचारी संघका कोषाध्यक्ष, दिलबहादुर श्रेष्ठ केन्द्रीय सदस्य हुन् भने महादेव प्रधान नेकपा एमालेलाई समर्थन गर्ने कर्मचारी युनियनको विद्युत प्राधिकरण इकाईका सल्लाहकार हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell