PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विश्वकप विजेता कोच डेभ वाटमोरले नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने



पहिलोपोस्ट

विश्वकप विजेता कोच डेभ वाटमोरले नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत केन्यासँगको खेलअघि नेपाली क्रिकेटरलाई विश्वकप विजेता अष्ट्रेलियन कोच डेभ वाटमोरले विशेष प्रशिक्षण दिने भएका छन्। 

सन् १९९६ को विश्वकप विजेता कोच वाटमोरले आगामी बुधबारदेखि १५ दिनसम्म नेपाली क्रिकेटरलाई प्रशिक्षण दिनेछन्। नेपाल र केन्याबीचको खेल आगामी मार्च ११ र १३ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

ब्याट एण्ड बल फाउण्डेशन बिटुएफले उनलाई नेपाली नेशनल टीमको हाई परफरमेन्स ट्रेनिङका लागि आमन्त्रण गरिएको हो। 

वाटमोरको प्रशिक्षण्मा श्रीलंकाले सन् १९९६ को विश्वकप उपाधि जितेको थियो। उनै वाटमोरले अब केन्यासँगको खेल अघि नेपालका उत्कृष्ट ३२ क्रिकेटर खेलाडीलाई आफ्नो प्रशिक्षण अनुभव बाँड्नेछन्।

केन्यासँगको खेलका लागि अहिले सुपर लिग अन्तर्गत ५२ खेलाडी छनोट गरिएको छ।  

सोमबार राजधानीमा ब्याट एण्ड बल फाउण्डेशनको अफिसियल लन्च कार्यक्रममा वाटमोरले नेपाली क्रिकेटरलाई विशेष प्रशिक्षण दिने जानकारी गराइयो।
यस्तै मंगलबारदेखि वाटरमोर दुई दिने कोचिङ क्लिबनिकमा पनि सहभागि हुनेछन्।

उवाटमोरले आफु पहिलो पटक नेपाल आएको र बिटुएफलाई विशेष धन्यवाद दिए। उनले नेपाली खेलाडीको प्रदर्शन सुधार गर्न आफुले सक्दो सहयोग गर्ने र आफ्नो अनुभव पनि बाँड्ने बताए।

श्रीलंकामा जन्मेर अष्ट्रेलियाका लागि खेलेका वाटरमोरलाई श्रीलंकालाई नै विश्वकप जिताउँदा कस्तो अनुभव भएको थियो भन्ने प्रश्नमा उनले भने, वास्तवमै त्यो अनुभव शब्दमा व्यक्त गर्न गाह्रो छ। त्यसतिर ट्यालेन्ट र राम्रो खेलाडीहरु थिए, जसले गर्दा हामीलाई च्याम्पियन बनायो। र त्यो नै मेरो कोचिङ करियरको सबैभन्दा उत्कृष्ट क्षण थियो।

बिटुएफ नेपाली क्रिकेटको विकासका लागि स्थापना भएको र सन् २०१८ सम्मा यसले आफ्नै एकेडेमी निर्माण गर्ने बिटुएफका अध्यक्ष पारस शाक्यले बताए।

वाटमोरको आगमनलाई राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यो ठुलो अवसर रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell