सन् २०१४ देखि कानुनी रुपमा भिन्न भएका बलिउड जोडी सुजैन खान र ऋतिक रोशन केही समययता सार्वजनिक रुपमा निकट भएको देखिन्छ। ऋतिक रोशनले मिडियासँग आफ्नो र सुजैनको १३ वर्ष लामो सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए। दुई छोरा रेहान र रिधान रोशनका लागि भेटघाटलाई निरन्तरता दिने जोडीले बताएका थिए। त्यसैले पारिवारिक जमघटमा यि दुईसँगै देखिदै आएका हुन्।
यो पूर्व जोडीले सन् २०१६ अक्टोबर २६ मा सुजैनको जन्मोत्सवसँगै मनाएको थियो। सुजैनले छोराहरुको खुशीका लागि ऋतिकलाई बोलाएको बताएकी थिइन्। त्यस्तै ऋतिककी बहिनी सुनैनाको जन्मदिन होस् वा छोराहरुको जन्मदिन उनीहरुले उत्सवसँगै मनाएको धेरै खबर सार्वजनिक भए।
तर हाल पारिवारीक जमघट बाहेक यि दुईले एकअर्का माथी व्यक्तिगत टिप्पणी र तारिफ गर्न थालेका छन्। गत डिसेम्बरमा त यो जोडीले एकसाथ दुबई भ्रमण गरे।
हाल रोशनको फिल्म 'काबिल' प्रदर्शनको तयारीमा छ। सो फिल्म प्रचारमा पनि सुजैन सतर्क भएर लागेको देखिन्छ।
सोमबार फिल्म युनिटले गरेको प्रिमियर पार्टीमा पनि ऋतिकले सुझैनलाई बोलाएका थिए। फिल्म र ऋतिको तारिफमा शब्द खर्चन सुजैनले कन्जुस्याईं गरिनन्। उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा काबिल र काबिलमा ऋतिकले गरेको अभिनयको तारिफ गरिन्। ट्विटमा सुजैनले ऋतिकसँगको फोटो पनि राखेकी छिन्।
त्यस्तै पार्टीको रात सुजैन ऋतिककै घरमा रहेको र बिहान पाँच बजे मात्र ऋतिकले उनलाई घर पुर्याएको वेबदुनियाँले उल्लेख गरेको छ। यो निकटता पुन: ऋतिक र सुजैनको सम्बन्धमा हुन सक्ने सुधारको संकेत हो वा होइन भन्ने चाही पुष्टी भएको छैन।