PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

डेविड वार्नरलाई एलन बोर्डर अवार्ड, मिचेल स्टार्क टेष्ट क्रिकेटर अफ दि इअर



पहिलोपोस्ट

डेविड वार्नरलाई एलन बोर्डर अवार्ड, मिचेल स्टार्क टेष्ट क्रिकेटर अफ दि इअर

अष्ट्रेलियन क्रिकेट टीमका कप्तान डेविड वार्नरलाई यस वर्षको एलान बोर्डर मेडल अवार्ड प्रदान गरिएको छ। गत वर्ष गरेको उत्कृष्ट प्रदर्शनको आधारमा वार्नरलाई लगातार दोस्रो पटक उक्त अवार्ड प्रदान गरिएको हो। 

​सन्क्रि २००० देखि क्रिकेट अष्ट्रेलिया र अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसनले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गर्दै अाएको छ। 

वार्नरले लगातार दोस्रो वर्ष अवार्ड जित्ने क्रममा कप्तान स्टिभ स्मिथ र मिचेल स्टार्कलाई पछि पारे। टेष्ट, वान डे र टी २० टीन वटै फर्मयाटका खेलाडी, अम्पायर र मिडिया प्रतिनिधी गरेको भोटमा वार्नरले कूल २६९ मत पाए भने स्मिथले २४८ तथा स्टार्कले १९७ मत पाए।
वार्नरले सन् २०१६ को जनवरी ७ यता भोटिङ अवधीमा ७ वान डे शतक प्रहार गरेका थिए। 

वान डे प्लेयर अफ दि इअरको अवार्ड समेत जितेका वार्नर एक भन्दा बढी एलान बोर्डर अवार्ड जित्ने चौथो खेलाडी बनेका छन्। यसअघि पूर्व कप्तानहरु रिकी पोन्टिङ र माइकल क्लार्कले समान ४ पटक यो अवार्ड जितेका छन् भने शेन वाट्सनले दुई पटक अवार्ड हात पारेका छन्। 

पहिलो पटक वान डे प्लेयर अवार्ड जितेसँगै एलान बोर्डर मेडल, टेष्ट प्लेयर अफ दि इअर र ब्राडम्यान योङ प्लेयर अफ दि इअर अवार्ड गरी वार्नरले घरेलु क्रिकेटमा चार फरक अवार्ड जितेका छन्। 

यस्तै टेष्ट क्रिकेटर अफ दि इअरको अवार्ड बलर मिचेल स्टार्कलाई प्रदान गरिएको छ। 

टी २० इन्टरनेशनल प्लेयर अफ दि इअरको अवार्ड शेन वाट्सनले हात पारेका छन्। यसबाहेक मेन डोमेस्टिक प्लेअर अफ दि इअर अवार्ड क्यामरुन ह्वाइट, ब्राडम्यान योङ प्लेअर अफ दि इअर अवार्ड हिल्टन कार्टह्वाइटले हात पारेका छन्। 

महलिातर्फ बेलिन्डा क्लार्क अवार्ड र डोमेस्टिक प्लेअर अफ दि इअरको अवार्ड मेग लानिङले हात पारिन् भने फिमेल योङ प्लेयर अफ दि इअरको अवार्ड सोफी मालिनेक्सले पाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell