PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि आयोजक सहारासँग भिड्ने



पहिलोपोस्ट

पोखरा : विभागीय क्लब नेपाल आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान भरत खवास र नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलको मद्दतमा आर्मीले झापा एघारलाई २-० ले पराजित गरेको हो। 

पोरखा रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आर्मीले दुई गोल गर्यो। आर्मीको लागि नवयुगले ४७ औं तथा भरतले ७० औं मिनेटमा गोल गरेका थिए। 

आर्मीले अब फाइनल प्रवशेका लागि आयोजक सहारा क्लबसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार सिएमजी संकटा र बंगलादेशको फारसगन्ज एससीबीचको खेल हुनेछ। यस खेलको विजेताले दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell