PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​क्याडी गल्फ म्याचमा आरएनजिसीले गोकर्णलाई हरायो



पहिलोपोस्ट

काठमाडौं : रोएल नेपाल गल्फ क्लबले क्याडी म्याच प्ले गल्फ टुर्नामेन्टमा गोकर्ण गल्फ क्लबलाई पराजित गरेको छ। सोमबार आरएनजिसीमा सम्पन्न खेलमा होम टीमले ७.३ प्वाइन्ट स्कोर गर्यो भने गोकर्ण गलफ क्लबले ३.५ स्कोर मात्र गर्न सक्यो।

दुई क्लबका क्याडीबीच कूल ११ म्याच खेलाइएको थियो। आरएनजिसीका दिनेश नगरकोटी र रितेश सिग्देल बेस्ट विनिङ जोडी बने। उनीहरुले गोकर्ण क्लबका दीपक थापा र सुरेश श्रेष्ठको जोडीलाई ८/७ ले हराए। 

विजयी टीमले नगद २० हजारसहित मेडल र ट्रफी हात पार्यो। आरएनजिसी क्याडी कमिटीले आयोजना गरेको टुर्नामेन्टमा कूल ४२ खेलाडीले सहभागिता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell