PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

महिला सांसदलाई फोनमा दुर्व्यवहार गरेको आरोपमा एसपी हेडक्वार्टर तानिए



पहिलोपोस्ट

महिला सांसदलाई फोनमा दुर्व्यवहार गरेको आरोपमा एसपी हेडक्वार्टर तानिए

काठमाडौं : महिला सांसदलाई फोनमा दुर्व्यवहार गरेको आरोपमा महोत्तरीका एसपी नलप्रसाद उपाध्याय कारवाहीका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन्। 

सत्ता सहयोगी दल नेपाली कांग्रेसकी एक महिला सांसदलाई मध्यरात फोन गरेर अश्लील शब्द प्रयोग गरेको आरोपमा एसपी उपाध्यायलाई कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले सोमबार हेडक्वार्टर तानेको हो।

नेपाल प्रहरीका प्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले उपाध्यायलाई हेडक्वार्टरले जिल्लाबाट केन्द्रमा बोलाएको पुष्टि गरे। तर उनले के कारण उनलाई हेडक्वाटर बोलाएको हो भने खुलाउन चाहेनन्।

उपाध्याय दुई महिना अगाडि मात्रै महोत्तरीको प्रमुखमा सरुवा भएका थिए। जानकार स्रोतका अनुसार केही दिन अगाडि एसपी उपाध्यायले मध्यरात फोन गरेर ‘यो चिसोमा एक्लै गाह्रो हुन्छ होला है’ भन्दै महिला सांसद्लाई मध्यरात फोन गरेर दुर्व्यहार गरेका थिए।

उपाध्यायको व्यवहारबारे ती महिला सांसद्ले गृहमन्त्री विमलेन्द्र निधिलाई जानकारी गराएकी थिइन् । निधिले घटनाबारे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराएपछि कार्वाहीका लागि उनलाई सोमबार हेडक्वाटर तानिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell