PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

मलेसियामा डुंगा दुर्घटना नौ जनाको मृत्यु



पहिलोपोस्ट

मलेसियामा डुंगा दुर्घटना नौ जनाको मृत्यु

क्वालालम्पुर : गैरकानुनी रूपमा बसाईसराई गरी आएका व्यक्तिहरूको एक डुङ्गा मलेसियाको तटिय क्षेत्रमा पल्टिँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ। 

सो दुर्घटनामा अन्य कैयौँ व्यक्ति बेपत्ता भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। 

सो दुर्घटनामा मारिएका छ महिला र तीन पुरुषको शव सोमबार बिहान सबेरै फेला परेको मलेसियाली समुद्रिय सम्पादन निकायले जानकारी दिएको छ। 

पल्टिएको सो डुङ्गामा गैर कानुनी रूपमा सवार रहेका करिब ४० जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ । इन्डोनेसियाबाट मलेसियातर्फ गइरहँदा सो डुङ्गा दुर्घटना भएको बताइएको छ। बेपत्ता भएका यात्रु्को खोजी कार्य जारी रहेको बताइएको छ। 

गत नोभेम्बरमा गैर कानुनी रूपमा यात्रा गरिरहेका इन्डोनेसियाली आप्रवासी सवार रहेका एक डुङ्गा मलेसियाबाट फर्किरहेको अवस्थामा दुर्घटना हुदाँ ४० भन्दा बढीको मृत्यु भएको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell