PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​ओबामाको बिदेश नीतिमा ट्रम्पको झट्का, टीपीपीबाट अमेरिका बाहिरियो



पहिलोपोस्ट

​ओबामाको बिदेश नीतिमा ट्रम्पको झट्का, टीपीपीबाट अमेरिका बाहिरियो

एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न १२ देश सम्मिलित व्यापार सम्वन्धी सम्झौता ट्रान्स–प्यासेफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने निर्णय लिएका छन्। टीपीपीबाट बाहिरिने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन्।

चुनावी दौरान उनले आफु राष्ट्रपति भए उक्त सम्झौता खारेज गर्ने बताएका थिए।

पूर्व राष्ट्रपति बराक ओबामाको एसिया नीति भनेर चिनिएको उक्त सम्झौता उनकै प्रयासमा भएको थियो । जसमा १२ राष्ट्र सम्मिलित थिए। सञ्चारमाध्यमहरुले ट्रम्पको यो कदमलाई ओबामाको बिदेश नीतिलाई ट्रम्पको पहिलो झट्का भनेका छन्।

अमेरिकासहित जापान, मलेसिया, अष्ट्रेलिया क्यानाडा र मेक्सिकोलगायतका देशहरु टीपीपीमा आबद्ध छन्।

राष्ट्रपति चुनावका समयमा ट्रम्पले टीपीपी सम्झौताले अमेरिकी अर्थतन्त्रमा ह्रास ल्याएको बताउँदै आएका थिए। कार्यकाल समालेको केही दिनमै ओबामा प्रशासनको उक्त निर्णय उनले बदलेका हुन्। ट्रम्पले कर्पोरेट ट्याक्स घटाउने समेत बताएका छन्।

निर्वाचनका दौरान उनले अमेरिकी मजदुरको बेरोजगार दर बढ्नुमा मेक्सिको र क्यानाडासँग भएको व्यापार सम्झौता दोषी रहेको बताउँदै आएका छन्। उनले आफु राष्ट्रपति भए नयाँ रोजगारीका अवसर सिर्जना गर्ने मतदातासँग प्रतिबद्धता गरेका थिए।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell