PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपाल एयरलाइन्सले दुई वटा चिनियाँ जहाज थप्दै, शनिबारसम्म काठमाडौं आइपुग्ने



उमेश पौडेल

नेपाल एयरलाइन्सले दुई वटा चिनियाँ जहाज थप्दै, शनिबारसम्म काठमाडौं आइपुग्ने

काठमाडौं : चीनले नेपाललाई दिने थप दुईवटा जहाज शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। चीनले दिएको ५६ सिट र १८ सिट क्षमता भएका दुईवटा जहाज शनिबार आउने भएको हो।

५६ सिट क्षमताको एमए ६० र १८ सिट क्षमताको वाई १२ ई जहाज शनिबारसम्म नेपाल आइसक्नेछ। निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले एमए ६० जहाज विहिवारसम्म काठमाडौं आउनेछ।
 
जहाज नेपाल ल्याउन निगमका अपरेसन विभाग प्रमुख आरके शेरचनको नेतृत्वमा पाँच सदस्यीय टोली चीन गइसकेको उनले बताए। यही टोलीले निगमलाई विमानको अवस्थाका वारेमा ब्रिफिङ गरेको र नेपाल ल्याउने रुट तय भइसकेको  कंसाकारले बताए।
 
पहिलो जहाज ल्याउन निगमका दुईजना पाइलट चीन जाने तयारीमा रहेको र दोस्रो जहाजका लागि पाइलट छनौंट आज साँझसम्म हुने उनले बताए।  उनका अनुसार विहिवार आउने एमए ६० लिनका लागि पाइलट गोपालसिहं विष्ट र सहायक पाइलट पीएस राणा चीन गएका छन्।
 
'हाम्रो योजनाअनुसार विहिवारसम्म पहिलो जहाज काठमाडौं उतारिसक्ने योजना रहेको छ' कंसाकारले भने 'सोमवार बेलुकी अर्को जहाजका लागि पाइलट जाने तय हुन्छ र शनिवारसम्म सानो जहाज पनि आउँछ।'
 
कंसाकारले चिनियाँ पक्षले केही समयका लागि प्रशिक्षक पाइलट उपलब्ध गराउने र  जहाजका स्पेयर पार्टस् काठमाडौंमा नै उपलब्ध गराउने सहमति पश्चात थप जहाज ल्याउने निर्णय भएको बताए।
 
चीनले यसै वर्ष अनुदानमा निगमलाई सुविधासम्पन्न ह्यांगर बनाइदिने सहमति यसअघिनै गरेको थियो। निगमसँग सुविधा सम्पन्न ह्यांगर नहुँदा वार्षिक २ अर्बभन्दा बढी रकम मर्मतका लागि बाहिरिने गरेको छ।
 
५६ सिटको एमए ६० ठूला विमानस्थल भएका सुगम क्षेत्रमा सेवा दिन प्रयोग गरिने र १८ सिटको वाई १२ लाई सानो रनवे भएका दुर्गम क्षेत्रमा उडान भर्ने उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell