PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्वराष्ट्रपतिबीच भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्वराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ।
 
मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सराहना व्यक्त गरे। नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रिय रुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको उनको भनाइ थियो।
 
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell