PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

किन बायाँ हातमै लगाइन्छ घडी? यस्तो छ रोचक तथ्य



पहिलोपोस्ट

किन बायाँ हातमै लगाइन्छ घडी? यस्तो छ रोचक तथ्य

के तपार्इँले कहिल्यै सोच्नुभएको छ, घडी किन बायाँ हातमै लगाइन्छ? यसको जवाफ निकै रोचक छ।
 
घडी बायाँ हातमा बाँध्नुभन्दा पहिले खल्तीमा राख्ने चलन रहेको एक वेबदुनिया ले उल्लेख गरेको छ। हामीले पनि पुरानो जमानामा चल्ने घडी देखेको हुनुपर्छ, जसलाई खल्तीमा राख्ने गरिन्थ्यो र त्यहीँबाट झिकेर समय हेर्ने गरिन्थ्यो।
 
केही मानिसले चेन भएको घडी हातमा बाँध्न थाले र त्यही बेलादेखि घडी हातमा लगाउने चलन सुरु भएको मानिन्छ। बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण धेरैजसो मान्छेले आफ्नो दाँया हातले काम गर्ने गर्नु नै हो।
 
जब हाम्रो दायाँ हात काममा व्यस्त हुने गर्दछ, बाँया हातमा यस्तो बेला समय हेर्न सजिलो हुन्छ। यसो गर्दा दाँया हातले काम गरिरहन पनि सकियो। बायाँ हातमा घडी बाँध्नु सामान्यजस्तै भएपछि घडीहरू पनि यस्तै हिसाबले बनाउन थालियो। दाँया हातले अन्य काम गर्दा हाम्रो घडी सुरक्षित पनि रहने भयो। यसो गर्दा घडी फोहर हुने, स्क्रयाच हुने र काम गर्दा विभिन्न ठाउँ जस्तै टेबुलमा ठोक्किने सम्भावना पनि कम हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell