PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मनाङ सडक तीन साता बन्द हुने



पहिलोपोस्ट

लमजुङ : हिमालपारिको जिल्ला मनाङ जोड्ने एकमात्र सडक तीन साता बन्द हुने भएको छ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो। सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ।

डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको छ। ताघ्रिङको काप्रे भीरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ।

सडक मर्मतका लागि सवारी आवागमन बन्द गर्न परिपत्र आएकाले सार्वजनिक सूचना जारी गरी सो अवधिमा सवारी आवागमन बन्द गरिने लमजुङका प्रअिज मोहन जिसीले बताए। सो सडकखण्डमा अति जोखिममा रहेको काप्रेभीरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय दमौलीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell