PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अर्थमन्त्री महरा भन्छन्- 'एक हप्ताभित्रै निर्वाचन मिति घोषणा'



पहिलोपोस्ट

अर्थमन्त्री महरा भन्छन्- 'एक हप्ताभित्रै निर्वाचन मिति घोषणा'

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र चुनावको मिति घोषणा हुने बताएका छन्।
 
बेलायतको लण्डन सहरका लर्ड मेयर एन्ड्रयु पार्मसँग अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा महराले यस्तो बताएका हुन्। नेपाल संक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको बताउँदै महराले एक वर्षभित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार रहेको समेत जानकारी गराए।
 
'एक हप्ताभित्र सरकारले चुनावको मिति घोषणा गर्छ। हामी अब संविधान कार्यान्वयनको दिशामा अघि बढ्यौं,' महराले पार्मसँग भने।
 
बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री महराले बेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell