PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

संविधान संशोधनले मधेसको भावनाको कदर हुन्छ : देउवा



पहिलोपोस्ट

संविधान संशोधनले मधेसको भावनाको कदर हुन्छ : देउवा

नेपालगन्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गरेका छन्।

त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटोमा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे। संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वानसमेत गरे।

निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प भएको बताए।

कांग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति रहेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell