PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीको निर्देशन- 'तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गर'



पहिलोपोस्ट

प्रधानमन्त्रीको निर्देशन- 'तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गर'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्यास सहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिए। पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने पनि उनले जानकारी गराए।

प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन्। जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसवारे उपाय खोज्न समेत उनले पदाधिकारीहरुलाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell