PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बस र ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते, ५ को अवस्था गम्भीर



पहिलोपोस्ट

बस र ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

मोरङ : बनिगामा र झोराहाटमा आज बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नं को यात्रुबाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए। 

दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सविना श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ। 

त्यस्तै मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को १ त ६४९१ नं को ट्र्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौँडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैँचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन्। घाइते दुवैको न्यूरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ। चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell