PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अफ्रिकन कप : अल्जेरिया बाहिरियो, सेनेगलसँगै ट्युनिसिया समूह बी बाट क्वाटरफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप : अल्जेरिया बाहिरियो, सेनेगलसँगै ट्युनिसिया समूह बी बाट क्वाटरफाइनलमा

इस्लाम स्लिमानीले दुई गोल गरेपनि समूह चरणको अन्तिम खेलमा सेनेगलसँग २-२ गोलको बराबरीमा रोकिएपछि अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको पहिलो चरणबाटै बाहिरिएको छ। 

स्लिमानीले दुई पटक अल्जेरियालाई अग्रता दिलाएका थिए तर सेनेगलका पापे कोउली डिओप र माउसा सवले गोल गरेपछि अल्जेरिया बराबरीमा रोकिएको हो।

इंगलिस क्लब लेस्टर सिटीका स्टारद्वय रियाद महरेज इस्लाम स्लिमानी जस्ता स्टार खेलाडी भएपनि अल्जरियाले समूह चरणमा एक खेल पनि जित्न सकेन।

बराबरीपछि अल्जेरियाले समूह चरणमा ३ खेलबाट २ अंक मात्र जोड्न सक्यो। समूह बी मा अल्जेरिया यसअघि जिम्वावोसँग पनि बराबरीमा रोकिएको थियो भने ट्युनिसियासँग पराजित भएको थियो।

बराबरीपछि यस समूहबाट सेनेगल ७ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ भने ट्युनिसिया उपविजेता बनेको छ। जिम्वावेलाई अन्तिम खेलमा ४-२ ले पराजित गरेपनि ट्युनिसिया ६ अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

यसअघि नै समूह ए बाट बुरकिनाफासो र क्यामरुन क्वाटरफाइनलमा पुगिसकेका छन् भने आयोजक गावोन बाहिरिएको छ। 

यस्तै समूह डी बाट घाना पनि अन्तिम आठमा प्रवेश गरिसकेको छ। अब क्वाटरफाइनल पुग्ने समूह सी बाट दुई तथा समूह डी बाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell