PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​विद्यालयको लापरबाहीले ५ विद्यार्थी कक्षा ११ को पूरक परीक्षा दिनबाट बञ्चित



पहिलोपोस्ट

​विद्यालयको लापरबाहीले ५ विद्यार्थी कक्षा ११ को पूरक परीक्षा दिनबाट बञ्चित

धादिङ : धादिङ जिल्लाको उत्तरी गाविस फूलखर्कमा रहेको मण्डली प्राविधिक विद्यालयका ५ विद्यार्थी विद्यालय प्रशासनकको लापरवाहीका कारण कक्षा ११ को प्राविधिकतर्फ पूरक परीक्षा दिनबाट बञ्चित भएका छन्।

पूरकतर्फको परीक्षा माघ ८ गते भए पनि विद्यार्थीले फारमसमेत भर्न नपाएको र परीक्षा दिनबाट बञ्चित भएका हुन्। यस विषयमा विद्यालय प्रशासनलाई दुई दिनपछि मात्र थाहा भएपछि यसको खुलासा भएको हो।

कक्षा ११ को कृषि प्राविधिकको नियमिततर्फ २९ जनाले परीक्षा दिएकोमा १४ जना पास भएका थिए। त्यसमध्ये ५ जना एक विषयमा मात्र अनुत्तीर्ण भएका थिए। उनीहरुले माघ ८ मा परीक्षा दिन पाउनुपर्ने थियो तर दिन पाएनन्। अब यसको जिम्मेवारी कसले लिने भन्दै अहिले विद्यार्थीहरुले विद्यालय प्रशासनमाथि आक्रोस पोखेका छन्।

परीक्षाको बारेमा विद्यालय प्रशासन नै बेखबर बनेपछि विद्यार्थीको एक वर्षको मेहनत त्यसै खेर गएको छ।

मण्डलीमै पढेको पूर्व विद्यार्थी ठाकुरप्रसाद नेपालले प्रअ, सहायक प्रअ, एकाउन्टेण्ट, साइन्स इन्चार्ज र प्राविधिक इन्चार्जले विभिन्न रुपमा मासिक भत्ता खाने तर विद्यार्थीलाई भने परीक्षा दिन नपाउने बनाएको भन्दै आक्रोस पोखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell