
काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएनन्। संविधान संशोधन र निर्वाचनबारे मोर्चासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा राखेको बैठकमा कांग्रेसबाट विमलेन्द्र निधि र रामशरण महत सहभागी छन्।
माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै नेता रामहादुर थापा बादल र मातृका यादव छन्। मोर्चाका तर्फबाट तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत मोर्चाका अन्य घटकका नेता राजकिशोर यादव लगायतका सहभागी छन्।