काठमाडौं : नेपाल र हङकङका राष्ट्रिय तेक्वान्दो खेलाडीबिच मैत्रिपुर्ण खेल हुने भएको छ। नेपाल तेक्वान्दो संघको आयोजनामा हुने मैत्रिपुर्ण खेल माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टिमका संयोजक हेमन्त डाँगीले बताए।
उक्त मैत्रिपुर्ण खेलका लागि हङकङका तीन पुरुष र चार महिला गरी ७ खेलाडी र एक प्रशिक्षक आगामी बिहिबार नेपाल आउनेछन्। कुल ६ तौल समुहमा प्रतिस्पर्धा हुने तेक्वान्दो प्रशिक्षक समेत रहेका डाँगीले बताए।
हङकङ तेक्वान्दो राष्ट्रिय टोलीका प्रशिक्षक तुलसी गुरुङको नेतृत्वमा पुरुषतर्फ ६८–७१ केजीमा वोङ चुन होए, ५४ केजीमुनि क्योक यु हिन र ७४–८० केजीमा चुङ वाङ तात तथा महिलातर्फ ५३–५७ केजीमा यिन पुई यिन र ४६ केजीमुनि खेलाडी यु मान साङले प्रतिस्पर्धा गर्नेछन्। महिलाकै ४९–५३ केजी समुहमा भने सो युइन टिङ र ताङ कित यीङले प्रतिस्पर्धा गर्नेछिन्।
नेपालबाट सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता रेजीना कार्की (४६केजी), ज्ञानी चुनारा(५७ केजी), तारा कुमार रायमाझी(५४ केजी), महम्मद वेस (६७)केजी र निश्चमान श्रेष्ठ(७४ केजी)ले आफ्नो तौलमा प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै ५३केजी तौलसमुहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्माले थापाले प्रतिस्पर्धा गर्नेछिन्। सो अवसरमा नेपाल र हङकङका राष्ट्रिय टोलीले आगामी माघ १४ र १७ गते दशरथ रगंशालामा स्रयुक्त रुपमा ट्रेनिङ गर्नेछन्।
१६ गते नक्सालस्थीत अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण गर्नेछन्। हङकङ टोलीले माघ १५ मा पोखारका खेलाडीसँग पोखरा रंगशाला पनि प्रशिक्षणगर्ने कार्यक्रम रहेको मैत्रिपुर्ण खेलका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए। उक्त मैत्रिपुर्ण खेल र संयुक्त ट्रेनिङ मार्फत नेपाली खेलाडीको खेल स्तरमा विकास हुने संघका उपाध्यक्ष पोख्रेलले बताए।