PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बाबुरामको माग : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली



पहिलोपोस्ट

बाबुरामको माग : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

धादिङ : नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले नयाँ राजनीतिक कार्ड फ्यक्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसँगै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरेका छन्।

राष्ट्रिय युवा अभियान धादिङको प्रथम जिल्ला अधिवेशनमा सहभागी हुन धादिङ पुगेका उनले राजनीतिक क्रान्ति सफल भएकाले आर्थिक क्रान्तिको आवश्यकता रहेको पुरानै नारा अगाडि सारेका थिए।

राजनीतिक क्रान्ति सकिए पनि स्थिरता प्राप्त भइनसकेकाले मधेसवादी दलहरुको जायज मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने र २०७४ माघ ७ भित्र तीनवटै निर्वाचन हुनुपर्ने उनको धारणा थियो।

राजनीतिक स्थिरताका लागि कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन र पूर्ण समानुपातिक संसद्को निर्वाचन आवश्यक रहेको उनले दावी गरेका थिए।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell