PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फेसबुकमा बलात्कारको लाइभ स्ट्रिमिङ



पहिलोपोस्ट

फेसबुकमा बलात्कारको लाइभ स्ट्रिमिङ

स्वीडेनको उपासलामा एक २१ वर्षकी युवतीले प्रहरीलाई फोन गरेर बलात्कारबारे उजुरी गरिन्। उनको उजुरीको विषय थियो बलात्कारको प्रत्यक्ष प्रसारण त्यो पनि सामाजिक सञ्जाल फेसबुकमा ।

उजुरीकर्ता युवती  जोसेफिन लुङ्ग्रिनका अनुसार फेसबुकमा एउटा भिडियो लाइभ देखाइएको थियो जसमा तीन युवक एक युवतीलाई बलात्कार गरिरहेका छन्। जसमा युवकले युवतीको कपडा च्यातेको र 'तेरो बलत्कार भयो' भन्ने संवाद समेत देखिन्छ।

फेसबुकमा एक हजार सदस्य रहेको पेजमा  बलात्कार भइरहेको लाइभ स्ट्रिमिङ शेयर भएको थियो भने ६० जनाले त्यो दृष्य हेरिरहेका थिए। गुनासो आए लगत्तै प्रहरीले एक निजी अपार्टमेन्टबाट १९ देखी २५ वर्षका तीन जनालाई नियन्त्रणमा लियो। बिबिसीका अनुसार अपार्टमेन्टमा एक युवती समेत थिइन्।

जुन बेलामा प्रहरी अपार्टमेन्टमा पुगेको थियो त्यो बेलामा त्यहाँ रहेका युवकहरु युवतीको दोस्रो दृष्य खिच्ने तयारी गरिरहेका थिए।

फेसबुकले सन् २०१५ को अन्त्यमा लाइभ स्ट्रिमिङ् सुविधा ल्याएको थियो। समाचार च्यानलसँगै मनोरञ्जनका लागी साथीहरुविच समेत यसको प्रयोग हुने गरे पनि पछिल्लो समेत अपराधमा समेत यसको प्रयोग बढ्दो छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell