PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​भूकम्पबाट क्षति भएका सम्पदा : पुरानै शैलीमा निर्माणका लागि प्रशिक्षण सुरु



पहिलोपोस्ट

काठमाडौँ : नेपाल हस्तकला महासंघले भूकम्पबाट क्षतिग्रस्त सम्पदा मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणलाई लक्षित गरी काष्ठकलाको सैद्धान्तिक र व्यावहारिक कक्षा सुरु गरेको छ । 

महासंघअन्तर्गत कला तथा शिल्प परिषद् र काठमाडौँ महानगरपालिकाको सहयोगमा सुरु गरिएको काष्ठकलासम्बन्धी प्रशिक्षणमा १५ जना प्रशिक्षार्थी सहभागी छन्। सो कार्यक्रमको अवधि डेढ महिनासम्म सञ्चालन हुनेछ। 

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँ उपत्यका विभिन्न कला तथा सम्पदाले यहाँको आकर्षण थपिएको भए पनि गत वर्षको भूकम्पले त्यसलाई ठूलो क्षति पु¥याएको बताउँदै कलाकारले प्राचीन कला, शैलीको महत्वलाई प्रशिक्षणमा सिकेर कलाको संरक्षण गर्नुपर्ने बताए। 

महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कला र संस्कृतिको मौलिक विशेषताले अन्तर्रा्ष्ट्रिय तहमा देशको गौरव बढाएको बताउँदै प्रशिक्षणबाट भूकम्पबाट क्षतिग्रस्त मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणको लागि आवश्यक जनशक्ति तयार हुने विश्वास व्यक्त गरे। 

प्रशिक्षणका प्रशिक्षक महेश शाक्यले परम्परागत तरिकाबाट निर्माण गरिएका सम्पदा निकै अमूल्य रहेको बताउँदै त्यसको संरक्षण र प्रवद्र्धनका लागि सो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यसले कला संस्कृतिलाई जोगाउने विचार व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell