PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​भूकम्पपीडित पाँच सय २१ परिवारलाई शौचालय निर्माण



पहिलोपोस्ट

दोलखा : रोटरी क्लब अफ जाउलाखेलको आर्थिक सहयोगमा ‘एजुकेट द चिल्डेन’ (इटिसी)ले दोलखाको उत्तरी गाउँ लापिलाङमा पाँचसय ५१ शौचालय निर्माण गरी मङ्गलबार समुदायलाई हस्तान्तरण गरेको छ। 

रोटरी क्लबले लापिलाङका पाँचसय ५१ घरधुरीलाई सुविधासम्पन्न शौचालयका लागि जस्ता, सिमेन्ट, ट्वाइलेट प्यान, पाइपजडित रु सातहजार एकसय बराबरको आर्थिक सहयोग गरेको थियो । रोटरीले दोलखाको बाबरेमा सुविधासम्पन्न भूकम्पप्रतिरोधी विद्यालय पनि बनाउने भएको छ।
 
हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ जाउलाखेलले डिस्ट्रिक गभर्नर जयराज्यलक्ष्मी शाह, रोटरी क्लबका अध्यक्ष डा सुवास प्याकुरेल, उपाध्यक्ष अर्जुन उप्रेती, इटिसी नेपालकी डाइरेक्टर निरामैया सिंह राणा, पुनर्निर्माण कार्यालय, दोलखाका प्रमुख सागर आचार्य, गाविस सचिव भीमसेन दहाल, रोटरी क्लब पूर्वअध्यक्ष पदमलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। 

शौचालय हस्तान्तरण कार्यक्रममा रोटरीकी डिस्ट्रिक गभर्नर जयराज्यलक्ष्मी शाहले दोलखाको भूकम्पपीडितको अवस्थालाई ध्यानमा राखी थप जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न तयार भएको बताउइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell