
फ्लोरिडा (इटाली) : इटालीमा केही दिन पहिले गएको हिम पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। आन्सा न्युज एजेन्सीका अनुसार १४ जनाको उद्धारका लागि हेलिकोप्टर र स्किङ्ग समूहहरु निरन्तर खटिरहेका छन्।
उद्धारमा सहभागी समूहलाई उद्धृत गर्दै आन्साले भनेको छ, ‘उद्धार टोलीले छ दिनदेखि अनवरत रुपमा हराएका मानिसको खोजी गरिरहे पनि उनीहरु पत्ता नलागेको साथै घटना भएको छ दिन भइसकेकाले अब उनीहरु जीवित पाइने सम्भावना क्षीण बनेको छ।’
मध्य इटालीको अब्रुजो क्षेत्रमा रहेको एकतारे होटल हिमपहिरोले पुर्दा धेरै मानिसको मृत्यु हुनुका साथै अझै कैयौँ होटल कर्मचारी बेपत्ता रहेका छन्। उक्त घटनामा फसेका नौ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही उपचारपछि घर फर्किएका छन् । तीन जना स्थानीय अस्पतालमा उपचारारत् छन्। रासस/एपी