
काठमाडौं : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बोलाइएको छ। आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक पारित गर्ने कार्यसूची छ।
मंगलबारको बैठकमा राज्य व्यवस्था समिति सभापति दिलबहादुर घर्तीले पेश गरेका निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्वन्धी विधेयक र मतादाता नामावली सम्वन्धी विधेयक कार्यसूचीमा छन्।
समितिको प्रतिवेदन संसदमा छलफलपछि विधेयेक पारित गरिनेछन्। पारित विधेयक राष्ट्रपतिवाट प्रमाणीकरण भएपछि मात्र ऐनका रुपमा कार्यान्वयनमा आउनेछन्।
सरकारले निर्वाचनको तयारी गरिरहेको बेला निर्वाचन विधेयकलाई प्राथमिकतामा राखेको हो। आज दुई विधेयक पारितसँगै अन्य तीन विधेयक पारितका लागि पठाउने तयारीमा राज्य व्यवस्था समिति छ। राज्य व्यवस्था समितिमा अहिले राजनीतिक दलसम्वन्धी विधेयक, निर्वाचन कसुर तथा सजायँ निर्धारण विधेयक, र स्थानीय तह निर्वाचनसम्वन्धी विधेयक बिचाराधीन छन्।
बिचाराधीन विधेयकको दफावार छलफल १५ माघसम्म सकेर प्रतिबेदन संसदमा पेश गर्ने तयारीमा समिति छ।