काठमाडौं : बार र बेञ्चबीचको सम्बन्धमा चिसोपन देखिएको छ। न्याय सम्पादनमा दुई निकाय एकअर्काका परिपुरक हुनुपर्नेमा पछिल्ला दिनहरुमा सम्बन्ध बाहिरी मौसमजस्तै चिसो बनेको हो।
उच्च अदालतका न्यायाधीश नियुक्तिमा बारले न्याय परिषद् अध्यक्ष समेत रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीको आलोचना गर्दै आएको छ। नेपाल बार र सरोकारवाला अन्य पक्षको आलोचनाबाट प्रधानन्यायाधीश कार्की चिढिएकी छन्।
मंगलबार पनि नेपाल बार र सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई स्मरणपत्र बुझाउन समय लिएका थिए। दिउँसो खाजा समयमा प्रधानन्यायाधीशसँग भेट्ने कार्यक्रम भए पनि व्यस्त रहेको भन्दै भेट्नका लागि समय दिइनन्। प्रधानन्यायाधीशले भेटका लागि समय नदिएपछि बारले स्मरणपत्र उनको सचिवालयमा नै बुझाएको छ।
समय नदिएकोमा संगठनको आपत्ति
बारले उक्त घटनालाई समस्या समाधानका लागि प्रधानन्यायाधीश जिम्मेवार नदेखिएको आरोप लगाएको छ। कानुन व्यवसायीको अस्तित्व स्वीकार नगर्ने प्रवृतिलाई बढवा दिएको आरोप पनि बारको छ।सर्वोच्च अदालत बार एसोसिएशनले झनै गम्भीर आरोप प्रधानन्यायाधीशमाथि लगाएको छ। एनजिओ/आइएनजिओका कर्मचारीको सहज पहुँचमा रहने प्रधानन्यायाधीशले कानुन व्यवसायीलाई अपमानित गरेको बारको आरोप छ। घटनालाई सर्वोच्च बारले बिडम्वनापूर्ण भनेको छ।
.jpg)