PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अफ्रिकन कप : डिफेन्डिङ च्याम्पियन आइभरीकोस्ट समूह चरणबाटै आउट, डिआर कंगो र मोरोक्को क्वाटरफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप : डिफेन्डिङ च्याम्पियन आइभरीकोस्ट समूह चरणबाटै आउट, डिआर कंगो र मोरोक्को क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन आइभरीकोस्ट गावोनमा भइरहेको अफ्रिकन कप अफ नेसन्स अफकनको समूह चरणबाटै आउट भएको छ। 

समूहको अन्तिम खेलमा मोरोक्कोसँग १-० ले पराजित भएपछि दुई पटकको च्याम्पियन आइभरीकोस्ट समूह चरण पारस गर्न असफल भएको हो। मोरोक्कोलाई क्वाटरफाइन्ल पुर्‍याउन रचिद अलिओइले निर्णायक गोल गरे।

समूह सी मा दुई बराबरी र एक हारको नतिजा निकालेको आइभरीकोस्टले जम्मा २ अंक मात्र जोड्न सक्यो। आइभरीकोस्टले यसअघि टोगो र डिआर कंगोसँग बराबरी खेलेको थियो।

समूह सी बाट डि आर कंगो समूह विजेता तथा मोरोक्को समूह उपविजेता बन्दै कवाटरफाइनलमा प्रवेश गरेको छ। टोगोलाई ३-१ ले पराजित गरेको डिआर कंगोले समूह चरणमा अपराजित हरँदै ७ अंक जोड्यो। मोरोक्को ६ अंक जोड्दै उपविजेता बन्यो। 

यसअघि नै समूह ए बाट बुरकिनाफासो र क्यामरुन, समूह बी बाट सेनेगल र ट्युनिसिया क्वाटरफाइनल पुगिसकेका छन् भने आयोजक गावोन, अल्जेरिया जस्ता टीम आउट भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell