PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

चितवन मेडिकल कलेजका अध्यक्षमाथि आक्रमण



पहिलोपोस्ट

चितवन : चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ। मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्याम्पले सिसामा प्रहार गरेको न्यौपानेले बताए।
 
स्ट्याम्पले लागेर डा न्यौपाने चडेको बा१४च ७५६४ नंको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए। सिसाको टुक्राले शरीरमा लागेको भए पनि डा न्यौपाने र गाडी चालक सकुशल रहेको थापाले बताएका छन्।
 
मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेका थिए।
 
आक्रमणको कारण खुल्न सकेको छैन।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell