PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'तिरिरी मुरली बज्यो वनैमा' गीतका लोकगायक पन्नाकाजी रहेनन्



पहिलोपोस्ट

'तिरिरी मुरली बज्यो वनैमा' गीतका लोकगायक पन्नाकाजी रहेनन्

काठमाडौं : चर्चित लोकगीत 'तिरिरी मुरली बज्यो वनैमा' का गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा आज बिहान निधन भएको छ।
 
शाक्य २००८ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनले मविवि शाहको 'गाजलु ती ठूलाठूला आँखा', 'किनकिन तिम्रो तस्बिर', कोइलीदेवीसँग 'गर्छिन् पुकार आमा रोई कराई' जस्ता गीत गाएका छन्। गायिका दिलमाया खातीको पहिलो रेकर्डेड गीत 'मनमा तिम्रो प्रीत बसोस्' उनीसितको पहिलो युगल गीत रहेको संगीतका अनुसन्धाता प्रकाश सायमीले जानकारी दिएका छन्।
 
नोलाखे तारा, एकानी दुवानी, लालीगुँरास फुल्यो है उनका चर्चित गीतमा पर्छन्। आधुनिक, लोक, स्वदेशगान, भजन गरेर उनले करिब चार सय गीत रेकर्ड गराएका छन्।  

२०१० सालमा ज्ञानदेवीसित विवाह बन्धनमा बाँधिएका शाक्यका चार छोरा र एक छोरी छन्। उनका दुई छोरा प्रवेश र पवित्र गायनमै समर्पित छन्। पन्नाकाजीको जन्म १९८८ पुस १५ काठमान्डूको ओमबहालमा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell