PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बलिउड ब्याटल : रईस भर्सेस काबिल



पहिलोपोस्ट

बलिउड ब्याटल : रईस भर्सेस काबिल

बलिउड बक्सअफिसमा स्टारडमको असर निकै पर्ने गर्छ। त्यसैले पनि आमिर खान, शाहरुख खान, सलमान खानको फिल्म प्रदर्शनसँग निकै कम फिल्म जुध्छन्। तर आजबाट शाहरुख खानको फिल्म 'रईस'सँगै ऋतिक रोशन स्टारर फिल्म 'काबिल' पनि प्रदर्शनमा आएको छ।

डान्सिङ किङ कहलिने ऋतिकको फिल्महरु पनि स्टार खानहरु अभिनित फिल्मको तुलनामा बराबरी वा हिट व्यवसाय गर्न सफल छन्।

फिल्म काबिल रोमान्टिक जानराका हो भने रईस एक्शन थ्रिलर फिल्म हो।

काबिलमा दुई दृष्टिबिहीनको प्रेमकथा प्रस्तुत गरिएको छ। संजय गुप्ताको निर्देशनमा बनेको फिल्मलाई राकेश रोशनले निर्माण गरेका हुन्। ऋतिक रोशन, रोहन भट्नाकर र यमी गौतम सुप्रिया भट्नाकरको रुपमा मुख्य पात्र बनेर देखिएका छन्। रोनित रोय, रोहित रोय, नरेन्द्र झा आदि कलाकारको पनि भूमिका रहेको छ।

राहुल ढोलकिया निर्देशित रईस अब्दुस लतिफको कथामा आधारित भनेर प्रचार गरिए पनि फिल्म युनिटले हाल काल्पनिक कथा हो भन्दै आएको छ। फिल्ममा आफूले प्रेम गरेको मान्छे मृत्युको मुखमा पुग्दा सिर्जना हुने अवस्थाको चित्रण छ। एक्शन थ्रिलर जानरा भए पनि फिल्ममा शाहरुख रईसका रुपमा र माहिरा खान आशियाको रुपमा अनस्क्रिन रोमान्स गर्छन्।

टाइम्स अफ इन्डियाले रइईसलाई पाँचमा तीन र आधा तारा दिएको छ भने। काबिललाई चार तारा दिएको छ।

प्रचारमा काबिलको तुलनामा रईस अगाडि छ। दुबै फिल्म नेपालका लागि पनि आजै प्रदर्शनमा आएका छन्। शाहरुख र ऋतिक दुबैको फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्समा शो पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell