
काठमाडौं : नेपाली फुटबलर जगजित श्रेष्ठले अष्ट्रेलियन नेशनल प्रिमियर लिग एनपिएल फुटबल खेल्ने भएका छन्। श्रेष्ठले सन् २०१७ को सिजनका लागि सनसाइन जर्ज क्रस एफसीबाट खेल्नेछन्।
एनपिएल खेल्ने क्लबले राख्न पाउने २ विदेशी कोटाबाट सनसाइनले नेपालका जगजितलाई अनुबन्ध गरेको हो। श्रेष्ठ एनपिएलमा अनुबन्धित हुने पहिलो नेपाली फुटबल समेत बनेका छन्।
जगजितले गत वर्ष भिक्टोरिया स्टेटको दोस्रो डिभिजन क्लब हुम युनाइटेडबाट खेलेका थिए।
जगजित सामाजिक सञ्जाल फेसबुकमा एनपिएलको नयाँ सिजनको आफु उतसाहित भएको उल्लेख गरेका छन्।
के हो एनपिएल फुटबल
फुटबल फेडेरेसन अष्ट्रेलियाले आयोजना गर्ने एनपिएल दोस्रो दर्जाको अष्ट्रेलियन फुटबल प्रतियोगिता हो।
सन् २०१२ बाट सुरु भएको एनपिएलको पाँचौं संस्करण २०१७ मा हुँदैछ। विभिन्न ८ डिभिजनमा विभाजन गरेर यो सिजनको खेलहरु खेलाइनेछ। यस सिजनको एनपिएल आगामी फेब्रुअरीबाट सुरु हुनेट भने अगस्टसम्म सञ्चालन हुनेछ।
फोटो यती एपसीको फेसबुकबाट