PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरी चेकजाँचमा कडाइ



पहिलोपोस्ट

रसुवा : उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कडाइ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो।

फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ।

अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गर्दै सूचना दिनेको नाम अति गोप्य रहने प्रहरी प्रमुख प्रसाईंले बताए।

यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानूनी कारवाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell