PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु



पहिलोपोस्ट

पाल्पा : पाल्पा जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ।
 
कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो। परियोजनाअन्तर्गत जिल्लामा दुईवटा केन्द्र र २५ वटा पकेटक्षेत्र छनोट गरिएको छ।
 
केन्द्रअन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती छनोटमा परेका छन्, भने पकेट क्षेत्रअन्तर्गत तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिची छनोट गरी कार्यक्रम सुरु गरिएको छ।
 
दुईवटा केन्द्र मकैको बीउ उत्पादन र अदुवाखेतीका लागि रु एक करोड १३ हजार र २५ वटा पकेटक्षेत्रमा सञ्चालन हुने तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिचीका लागि रु ७५ लाख १३ हजार बजेट रकम प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिए। यस परियोजनाबाट जिल्लाका करिब दुई हजार कृषक लाभान्वित हुने छन्।
 
कृषि समूह र कृषि सहकारी संस्थामार्फत् सञ्चालन हुने आयोजनामार्फत् कृषि यान्त्रिकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवर्द्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ। सो कार्यक्रम सञ्चालनका लागि किसान समिति गठन गरेर कृषि विकास कार्यालयले जिम्मेवारी दिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell