PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

​सत्तारुढ कांग्रेसकै सांसदले सोधे - के नेपाल सरकार दक्षिण प्रभूमा लम्पसार परेको हो?



पहिलोपोस्ट

​सत्तारुढ कांग्रेसकै सांसदले सोधे - के नेपाल सरकार दक्षिण प्रभूमा लम्पसार परेको हो?

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकार दक्षिण प्रभूमा लम्पसार परेको आरोप लगाएका छन्। संसदको विशेष समयमा बोल्दै गुरुङले नेपालको विमानस्थलमा एयर मार्सल (इन फ्लाइट सेक्युरिटी अफिसर) राख्ने निर्णयको विरोध गर्दै प्रश्न गरे - के नेपाल सरकार दक्षिण प्रभूमा लम्पसार परेको हो? 

उनले नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई सुरक्षासँग सम्बन्धित विषयमा भारतसँग सम्झौता गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका थिए।

'विदेशी सेनाको बुटले नेपाल आमाको छातीमा टेकेको सहन सकिन्न', गुरुङले भने, 'सरकार लम्पसार परे पनि सदन पर्न सक्दैन, पर्न हुँदैन।'




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell