PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

रेडियो दिदीबहिनीले राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता गर्ने



पहिलोपोस्ट

रेडियो दिदीबहिनीले राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता गर्ने

काठमाडौं : पर्वतको कुस्मामा रहेको सामूदायिक रेडियो, रेडियो दिदीबहिनीले राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। 
बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं बार्षिकोत्सवको अवसरमा प्रथम दिदीबहिन कप महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

१०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा हुन लागेको प्रथम दिदीबहिनी कप आगामी फागुन २४ देखि २८ गतेसम्म पर्वतको सदरमुकाम कुश्मा बजारमा हुनेछ।

पतियोगितामा आयोजक टीमसहित नेपालका चर्चित ५ महिला टोलीले भाग लिने आयोजक रेडियोका अध्यक्ष तथा सांसद समेत रहेकी कल्पना चापागाईले बताइन्। 

जसमा तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड स्पोर्ट्स क्लब र पश्चिमाञ्चल भलिबल संघ रहेका छन्।

पहिलो पटक आयोजना गर्न लागेको र आर्थिक पक्षलाई मध्यनजर गर्दै यस पटक ६ टीमको मात्र सहभागिता सम्भव भएको अध्यक्ष चापागाईले स्पष्ट पारिन्। यस्तै भलिबल नेपालको जुनसुकै क्षेत्रमा खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन महिला भलिबल नै रोजेको उनले बताइन्।

प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार हात पार्नेछन्।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र कोच प्रतयेकलाई ३ हजार प्रदान गरिनेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell