PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​निर्वाचनसम्बन्धी दुई विधेयक पारित, के छ ऐनमा?



पहिलोपोस्ट

​निर्वाचनसम्बन्धी दुई विधेयक पारित, के छ ऐनमा?

काठमाडौँ : निर्वाचन सम्बन्धि दुई विधेयक संसदबाट पारित भएको छ। निर्वाचन आयोगको काम कर्तव्य अधिकार सम्बन्धि विधेयक र मतदाता नामावली सम्बन्धि विधेयक संसदबाट पारित भएको हो। निर्वाचनका लागि आवश्यक राजनीतिक दलसम्वन्धी विधेयक, निर्वाचन कसुर तथा सजायँ निर्धारण विधेयक, र स्थानीय तह निर्वाचनसम्वन्धी विधेयक भने राज्य व्यवस्था समितिमा विचाराधिन छन्।

के के छन् ऐनमा?

  • निर्वाचन आयोगको काम कर्तव्य अधिकार सम्बन्धि ऐनले निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई नै दिएको छ। यसअघि सांसदहरु र निर्वाचन आयोगले आफूलाइ मिति तोक्ने अधिकार दिन माग गरेको थियो।
  • निर्वाचन आयोगको काम कारवाही सम्बन्धि ऐनले कुनै राजनीतिक दलले ६ महिनासम्म आर्थिक हिसाबकिताब नपाए जरीवाना गर्ने र जरीवाना समेत नबुझाए ६ बर्षसम्म प्रतिबन्ध लगाउन सक्ने प्रावधान राखेको छ। यसअघि नबुझाए सिधा प्रतिबन्धनको प्रावधान थियो। अहिले भने जरीवानाको प्रावधान राखिएको हो।
  • मतदाता नावमाली ऐनमा भने अस्थायी मतदाता नामावलीको व्यवस्था गरिएको छ। तर तर यसविषयमा कसरी व्यवस्थापन गर्ने भन्ने टुङ्गो भने नियमावली मार्फत गर्ने भनिएको छ।
दुई विधेयक १० गते संसदको राज्य व्यवस्था समितिबाट पारित भएको थियो। ११ गते संसदमा प्रतिवेदन पेश भएको थियो। १२ गते पारित भएको हो। राजनीतिक दलहरु निर्वाचनमा सकरात्मक बनेसँगै विधेयकले समेत फास्ट ट्र्याकको गति लिएको हो। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell