PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

राप्रपाको राष्ट्रिय अध्यक्षमा लोहनी



पहिलोपोस्ट

राप्रपाको राष्ट्रिय अध्यक्षमा लोहनी

काठमाडौँ : राप्रपाको राष्ट्रिय अध्यक्ष परिवर्तन भएको छ। पुशपति शमशेर जबराले अध्यक्षबाट अलग हुन चाहेकाले उनको स्थानमा प्रकाशचन्द्र लोहनी अध्यक्ष बनेको राप्रपाले जनाएको छ।

पार्टी एकीकरणका बेला नै राप्रपामा लोहनी र राणाबीच आलोपालो अध्यक्ष बन्ने सहमति भएको थियो। तर राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भने 'राणाले पदबाट अलग हुन चाहनु भएकाले पार्टीको विधान बमोजिम बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलाई उक्त पदमा सहबरण गर्ने निर्णय' गरेको जनाएको छ।

राप्रपाको कार्यकारी अध्यक्षमा कमल थापा  छन्। राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि थापा कार्यकारी अध्यक्ष छन्। एकता लगत्तै राष्ट्रिय अध्यक्ष भने राणा भएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell